बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ ।
बुधबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको हो ।
एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काक्रेबिहार आसपास सरसफाइ गरेको छ ।
हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरीका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड कर्णाली तथा सुदुरपश्चिम प्रदेशका प्रमुख श्याम अधिकारी बताए । साथै उनले दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सञ्चालन भइरहेको समेत जानकारी दिए ।
उनले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताए । यस्तै बैंकले काक्रेबिहारमा आरामदायी मेच, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । सुर्खेतमा रहेको एनएमबी बैंकको कार्यालयबाट र्याली शुरु गरी मंगलगडि चोक हुँदै काक्रेबिहारमा गइ सरसफाइमा तल्लिन भएको थियो ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।
एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका शाखा प्रबन्धक निर्मल गौली जानकारी दिए ।