April 10th, 2024

प्रभु बैंकबाट नेपाल–भारत पैसा पाउन–पठाउन सकिने

बैंकिङ खबर/ प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफनो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख रुपैयाँसम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको छ ।

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था छ ।

यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउने बैंकको विश्वास छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]