बैंकिङ खबर/ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले सम्पुर्ण ग्राहक तथा कर्मचारीहरुका लागि फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापछि बैंकका ग्राहक एवं कर्मचारीहरुले हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा ५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । पोखरामा गैहृापाटनमा अवस्थित हस्पिटलबाट अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न रोगहरुको उपचार हुँदै आएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्त बहादुर धाख्वा र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष प्रा.डा. भोला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।




