March 28th, 2024

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ ग्रहण

बैंकिङ खबर/लुम्बिनी विकास बैंक नवनियुक्त सञ्चालकले सपथ ग्रहण गरेका छन् । सञ्चालक समितीद्वारा फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जय देव श्रेष्ठ लाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका हुन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]