Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

देशभर साक्षरता कार्यक्रम गरेर एभरेस्ट बैंकले मनायो ‘ग्लोबल मनी विक’

२०८० चैत्र १४ गते

बैंकिङ खबर/ एभरेस्ट बैंकले देशैभर विभिन्न साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ। बैंकले राष्ट बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि यही ५ गतेदेखि सप्ताहव्यापी अभियानअन्तर्गत उक्त कार्यक्रम गरेको हो।

कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको जनाएको छ।

पैसा जोगाएर भविष्य सुरक्षित गरौँ भन्ने नारामा आयोजित कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।