March 27th, 2024

‘ग्लोबल मनी विक’मा राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन्। ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। यही चैत ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विकअन्तर्गत देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो। नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्देश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको हो। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउन्टर छ।