March 27th, 2024

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

बैंकिङ खबर/ सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।

यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको छ । यस्तै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा रु २० हजार प्राप्त गर्न सकिनेछ । यसको अलावा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्योे छनोट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकलवा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]