Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

Global Money Week 2024 : कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० चैत्र १३ गते

बैंकिङ खबर/ विश्व वित्तीय सप्ताह २०२४(Global Money Week-2024) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको छ ।

बैंकले Global Money Week 2024 (GMW 2024) को अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामग्रीहरु प्रसारण गरेको छ ।

बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रमहरुमा बैिंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवार, यसका अवसर तथा चुनौतीहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।

आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै बुटवल क्षेत्रमा आयोजना गरिएको डिजिटल वित्तीय साक्षरता कार्यक्रममा अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । बैंकको कुन विभागमा के–कस्तो कार्यहरु हुन्छ भन्ने जिज्ञासाका लागि बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशमा विभिन्न शाखाले विद्यार्थीहरुलाई बैंकको भ्रमण गराइएको थियो ।

त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक संजाल मार्फत सुरक्षित भविष्यको लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिङ्कमा क्लिक नगरी सचेत रहन तथा ओटिपी/पिन गोप्य राख्ने सामगा्रीहरु प्रस्तुत गरी Global Money Week 2024 सफलतापूर्वक सम्पन्न गरेको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।