March 22nd, 2024

‘बैंकर्स क्लब तौलिहवा’द्वारा वित्तीय सचेतना र्‍याली सम्पन्न


बैंकिङ खबर/ हरेक वर्षको मार्च १८ देखि २४ सम्म अन्तर्राष्ट्रिय रुपमा मनाइने ‘ग्लोबल मनि विक’ को उपलक्ष्यमा ‘बैंकर्स क्लब तौलिहवा’ले ‘वित्तीय सचेतना र्‍याली’ निकालेको छ ।

तौलिहवा, कपिलवस्तुमा कार्यालय भएका मध्ये ‘क’, ‘ख’, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका ३ गरी जम्मा १९ बैंक र वित्तीय तथा लघुवित्त संस्थाका लगभग १०० कर्मचारीहरूको संलग्नतामा जमुवारदेखि प्रशासन चोक, नयाँ टोल, गौढी चोक हुँदै भिक्षु चोकसम्म विभिन्न सचेतनामूलक प्लेकार्ड र ब्यानरसहित ‘वित्तीय सचेतना र्‍याली’ कार्यक्रम सम्पन्न गरिएको हो ।