March 22nd, 2024

ग्लोबल मनी वीक : लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी वीकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे थियो । बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजम्यान्टका दीपक पण्डित, हेडफ रिकभरीका रजित पौडेल, अधिकृतद्वय समिर मान संगत र बैंकर टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए ।

विद्यार्थीहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिएका हुन् । पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताए । उनले लक्ष्मी सनराइज बैंकले सुलभ वित्तीय सेवा प्रदान गर्नुका साथै आर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।