March 21st, 2024

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/कालीकोटस्थित सानिमा बैंकको शाखाले ‘ग्लोबल मनि विक-२०२४’ को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्रकुमार भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले आजको युगमा डिजिटल बैंकिङ सेवाको अपरिहार्यता र बैंकिङ शिक्षाको बारेमा विद्यार्थीलाई जानकारी गराए । कार्यक्रममा सो विद्यालयका शिक्षक र करिब दुईसय विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले सानिमा बैंकले जिल्लामा छिटोछरितो तथा सरल तथा सहज ढंगले बैंकिङ सेवा प्रवाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

प्रविधिको युगमा विद्यार्थीहरुलाई पनि वित्तीय साक्षरताजस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको र सानिमा बैंकले यो अवसर जुराइदिएकोमा आभार प्रकट गरेका थिए । यो शाखाले प्रत्येक वर्ष दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृति समेत उपलब्ध गराउँदै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]