Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी

२०८० चैत्र १ गते

बैंकिङ खबर/नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ साह पक्राउ परेका छन्। नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ भागेका कञ्चनरुप गाउँपालिका ८ का ४१ वर्षीय साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो।

उनलाई काठमाडौँको हायात होटलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

एसपी पोखरेलका अनुसार साहले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करोड रुपैँया समेत ठगी गरेको पाइएको छ। असली नाम लुकाएर आर्थिक पराधमा उनी संलग्न हुने गरेको पाइएको छ।