March 12th, 2024

सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंकका दुई शाखा स्थानान्तरण


बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नं.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ ।

मिति २०८० साल फाल्गुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाज्यूले अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको थियो ।

यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी मिति २०८० साल फाल्गुण २७ गत देखि सेवा सुचारु गरेकोे छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ ATM, ६,५०० भन्दा बढी POS Terminals र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।