Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

२०८० फाल्गुन २८ गते

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–६ घर भएर कपन बस्दै आएका प्रविण संग्रौला छन् ।

४२ वर्षीय संग्रौलालाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उच्च अदालत पाटनले उनलाई २१ लाख जरिवना, ८४ हजार क्षतिपूर्ति र ७ दिन कैद सजाय हुने फैसला गरेको छ ।

२०८० वैशाखमा सो फैसला भएपछि उनी फरार थिए । प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको छ ।