Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

२०८० फाल्गुन २७ गते

बैंकिङ खबर/ धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ।

शनिबारदेखि सुरू भएको बुढासुब्बा गोल्ड कप फुटबल २४ औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ।

चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्नेछ। यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।