March 10th, 2024

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा ८ भारतीय नागरिक पक्राउ

बैंकिङ खबर/ राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

विभागका अनुसार, उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो ।

त्यसपछि छापा मारेर भारतीय नागरिक ध्रुव शर्मा, प्रिन्स शर्मा, रोहित कश्यप, दिपांशु शर्मा लगायतलाई नियन्त्रणमा लिइएको हाे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]