Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकका ग्राहकलाइ हरियो तरकारी प्रालिमा १० प्रतिशत छुट

२०८० फाल्गुन १५ गते

बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड र बुटवल मिलनचोक तिनकुने स्थित हरियो तरकारी प्रालि बीच एक सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले हरियो तरकारी प्रालीबाट तरकारी खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरित सम्झौता बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र हरियो तरकारी प्रालिको तर्फबाट प्रवन्ध निर्देशक लक्ष्मण शर्माले आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले विस्वास व्यक्त गर्नुभयो। अत्याधुनिक सेवा सहित संचालनमा रहेको हरियो तरकारी प्रालीबाट छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले जानकारी दिनुभयो ।