
बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा शाखा रहित बैंकिङ सेवा ६.५० प्रतिशतले घटेको छ भने ग्राहक संख्या पनि ५.७५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन यता शाखारहित बैंकिङ सेवा निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शाखारहित बैंकिङ सेवा संख्या १ हजार ३०६ रहेको थियो । भदौमा घटेर १ हजार ३०१ मा झर्यो । साउनको तुलनामा भदौमा यो संख्या ५ वटाले घट्यो ।
यस्तै भदौको तुलनामा असोजमा ५ वटाले घटेर १ हजार २९६ रहेको थियो । भदौमा १ हजार ३०१ रहेका थिए ।
असोजको तुलनामा कात्तिकमा शाखा रहित बैंकिङ सेवा २८ वटाले घटेर १ हजार २६८ वटा रहेको छ । यस्तै असोजमा शाखा रहित बैकिङ सेवा १ हजार २९६ वटा रहेका थिए ।
मंसिरमा बैंकहरुको शाखा रहित बैंकिङ सेवा १ हजार २२० रहेका छन् । कात्तिकको तुलनामा ४८ वटाले कम हो । यस्तै पुससम्म शाखा रहित बैंकिङ सेवा १ हजार २२१ वटा रहेका छन् ।
मंसिरको तुलनामा पुसमा १ वटा शाखा रहित बैंकिङ सेवा बढेको छ । शाखारहित बैंकिङ सेवा मात्रै नभएर ग्राहक संख्या पनि ६ महिनाको अवधिमा ५.७५ प्रतिशतले घटेर ३ हजार १ हजार ९९८ रहेका छन् ।
शाखा रहित बैंकिङ सेवाको उपभोग गर्ने ग्राहक साउनमा ३ लाख २० हजार ४२९ जना रहेका थिए । भदौमा ३ लाख २० हजार ३९५ जना, असोजमा ३ लाख १९ हजार ८३०, कात्तिकमा ३ लाख १० हजार ६४९, मंसिरमा ३ लाख ८५३ र पुसमा ३ लाख १ हजार ९९८ जना रहेको छ ।




