Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

२०८० फाल्गुन ८ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् । नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए । आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।