February 6th, 2024

फुङ्लिङ् नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर


बैंकिङ खबर/ नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहने गरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उपमेयर भिमा देवि ओझाले एक समारोहकाबीच उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख, सुर्य प्रकाश भट्टले गरेका थिए ।

उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् । नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक डिजिटल बैंकिङ्ग मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]