February 6th, 2024

एनएमबि बैंक कुडियासुस्ताद्वारा ५ विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

बैंकिङ खबर/नवलपरासीको कुडिया सुस्ता गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले त्यहाँस्थित ५ विद्यालयलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ । सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख उपस्थितिमा एक कार्यक्रम गरि वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले एनएमबि बैंकले पहिलो देखि नै सुस्ता गाउँपालिकामा यहाँका जनतालाई उत्कृष्ट बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा सहयोग गर्दै आइरहेको उल्लेख्य गर्दै विद्यालयहरुलाइ शुद्ध पिउने पानीको लागि वाटर डिस्पेन्सर हस्तान्तरण गरेर सर्हानिय कार्य गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी बैंक एनएमबि बैंकले सुस्ता गाउपालिकाका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको स्वास्थलाइ ध्यानमा राखि स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले वाटर डिस्पेन्सर हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनले विगत देखि सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले समयसमयमा विभित्र ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाइ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

सुस्ता गाउपालिकाका उपाध्यक्ष गिता चौधरीले एनएमबि बैंकले विगतदेखि सर्हानिय सेवा दिँदै आइरहेको र अब साना तथा मझौला उद्दमी महिला तथा दाजुभाइहरुलाइ उद्यम, व्यावसाय कर्जा थप सहजीकरण गरिदिन आग्रह गरिन् ।
गाउपालिकाका प्रमुख प्रसासकीय अधिकृत हुमलाल भुसालले एनएमबि बैंकले यसअघि पनि कम्प्युटर र प्रीन्टर सहयोग गरेको स्मरण गर्दै निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा महेन्द्र मावि कुडिया सुस्ताका प्राचार्य सुनिल पन्थी, राष्ट्रिय मावि छिवनी सुस्ताका प्राचार्य अर्जुन प्रसाद पाण्डे, शहीद बिष्णु पाण्डे स्मृति आधारभुत विद्यालय सुस्ताका प्राचार्य कमलेश गुप्ता, दिपक मावि पक्लिहवा सुस्ताका प्राचार्य सन्तोष कुमार उपाध्याय र विपि मावि बलिनगर पक्लिहवा सुस्ताका प्राचार्य योगेश चौधरीले हस्तान्तरित वाटर डिस्पेन्सर ग्रहण गर्दै बैंकलाइ धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, विद्यालयका अध्यक्षहरु, अभिभावक तथा एनएमबि बैंकका कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रम एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र(एक)का बरिस्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिमिल्सिनाले संचालन गरेका थिए ।

वाटर डिस्पेसरबाट विद्यालयमा अध्यनरत करिव ३ हजार ५ सय विद्यार्थीहरु लाभान्वित हुने एनएमबि बैंक कुडिया सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले जानकारी दिए । उनले छिटोछरितो, अत्याधुनिक र ग्राहक मैत्री बैकिङ्ग सेवा लिन एनएमबि बैंक मार्फत कारोबार गर्न सबैलाई आग्रह गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]