
बैंकिङ खबर/ रिलायन्स फाइनान्स लि र लेखनाथ सिटी हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटल प्रा.लि सँग सम्झौता गरेको छ ।
यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका विशेष गरी साबिक लेखनाथ, रुपा गाउँपालिका, मादी गाउँपालिका, लमजुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरूले तथा शेयर धनी , कर्मचारी कर्मचारीका परिवारले लेखनाथ सिटी हस्पिटल पोखराले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको उच्चतम लाभ लिन सक्नेछन् । सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र लेखनाथ सिटी हस्पिटल प्रा.लि तर्फबाट अध्यक्ष उदिप राज ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरी मिति २०६६/०८/१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलान्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।
संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप सङ्कलन गर्दे आएको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई{E Banking, SCT Network ATM, विभिन्न रेमिटेन्स सेवाहरू,सी आस्वा (C–ASBA), IPS , Connect IPS सेवा, ABBS सेवा, Electronic Cheque Clearing (ECC), SMS Banking, Mobil Banking समेतका सेवा प्रदान गर्दे आएको छ ।



