Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८० माघ २३ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८० जेठ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र ३ दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।