Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निफ्राले पनि घटायो ब्याजदर

२०८० माघ १६ गते

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । कम्पनीले मंगलबार (३० जनवरी) देखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरिएको सार्वजनिक सूचनामार्फत जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै निफ्राले पनि घटाएको हो ।

अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत ब्याज दिनेछ । हालसम्म व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याज दिँदै आएको थियो ।

निफ्राले कम्तीमा ५ वर्ष अवधिको निक्षेप मात्रै संकलन गर्दछ । त्यस्तै व्यक्तिले कम्तीमा १ करोड र संस्थाहरुले कम्तीमा ५ करोड रुपैयाँ निक्षेप जम्मा गर्नुपर्नेछ । निफ्राले सोभन्दा कम रकमको निक्षेप संकलन गर्दैन । कम्पनीले लामो अवधिको ठूलो ठूलो रकमको निक्षेप संकलन गरी विभिन्न आयोजना तथा पूर्वाधारहरुमा ऋण प्रदान गर्दछ । कम्पनीले प्रदान गर्ने आयोजनाको ऋणमा ११ देखि १४ प्रतिशतसम्म ब्याजदर रहेको जनाएको छ ।