Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैकमा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

२०८० माघ १२ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंक लि.ले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साइबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साइबर व्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साईबर अपराध तथा अन्य साइबर सम्बन्धी जोखिमलाई न्यनिकरण गर्न बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साइबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।

उक्त प्रशिक्षणले बैंकका संचालक समिति तथा उच्च व्यवस्थापनहरुको साइबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।