Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तीस लाख नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

२०८० माघ १२ गते

बैंकिङ खबर/ हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको छ ।

युवराजको घरम नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।