
बैंकिङ खबर/सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ललितपुर –१४, नखिपोट निवासी श्री भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ ।
बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारणसभाद्वारा अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागी स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथैनव नियुक्त संचालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न बिशेष कार्यक्रममा बैंककोअध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको संचालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न गरिएको छ ।
मिति २०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखी कारोवार संचालन गरेको बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २६ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २७ स्थानहरुबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।


