Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रवाह गर्ने रिलायन्स फाइनान्स कारबाहीमा

२०८० माघ ८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्सलाई कारबाही गरेको छ । ऋणीको व्यवसायिक क्षमता भन्दा बढी हुने गरी नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रबाह गरेको पाइएपछि कारबाहीमा परेको हो ।

यस्तै फाइनान्सले कर्जाको परियोजना सन्तोषजनक नरहेको, संस्थाबाट प्रवाहित कर्जा पुरानो ऋणीको कर्जा चुक्ता गर्न प्रयोग भएको र बाँकी रकम समेत सम्बन्धित परियोजनामा उपयोग नभई जग्गा खरिदका लागि भुक्तानी भएको तथा कर्जा प्रदान गर्दा उल्लेख भएको उदेश्य भन्दा अन्य प्रयोजनमा कर्जाको प्रयोग भई कर्जा दुरुपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै फाइनान्सले परियोजनाको सञ्चालन अवस्था एवम् धितो सुरक्षणको अवस्थितिका आधारमा कर्जा असुरक्षित रहँदाकै अवस्थामा संस्थाको सञ्चालक समितिबाट कर्जा स्वीकृतिको निर्णय गरी निक्षेपकर्ताको हितविपरित कार्य भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सञ्चालक समितिलाई नसिहत दिइएको जनाइएको छ ।