Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

५१ करोड रुपैयाँ पुग्यो गरिमा विकास बैंकको नाफा

२०८० माघ ७ गते

बैंकिङ खबर/गरिमा विकास बैंकले ५१ करोड रुपैयाँ माथि नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष बैंकको यस्तो नाफा ५० करोड २१ लाख रुपैयाँ रहेकोमा यस वर्ष १ करोड ४ लाख रुपैयाँले बढेको हो ।

पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफामा भने कमी आएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा २१ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालु वर्षको पुस मसान्तसम्म यस्तो रकम २ करोड ३१ लाख रुपैयाँ मात्रै रहेको छ।

बैंकको निष्कृय कर्जाको रेसियो पनि गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा १.८९ प्रतिशत थियो भने चालु वर्ष २.९५ प्रतिशतमा पुगेको हो । यस्तै बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ४.४७ पैसा रहेको छ ।