Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना विकास बैंकले गर्‍यो २५ करोड ८९ लाख नाफा

२०८० माघ ४ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म कामना विकस बैंकको खुद नाफा ३२ दशमलव १९ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको हो। गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ।

यस्तै सञ्चालन नाफा २७ करोड ९८ लाख १६ हजारबाट बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ रहेका छ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ। बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ। गत आवको सोही अवधिमा ३.७० प्रतिशत रहेको थियो।