Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

२०८० माघ ३ गते

बैंकिङ खबर/गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँउद्यमीहरुलाई लक्षितगरि यो योजना सार्वजनिक गरिएकोे कम्पनीले बताएको छ।

उक्त योजना अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वाविस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।

हाल कम्पनीले देशभर १२३ शाखाकार्यलय, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत् करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।