Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निफ्राको सीईओबाट बाहिरिए खतिवडा

२०८० माघ २ गते

बैंकिङ खबर/नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट रामकृष्ण खतिवडा बाहिरिएका छन् । उनको राजीनामा सञ्चालक समितिको गत पुस २९ गतेको बैठकले स्वीकृत गरेसँगै उनी पदबाट हटेका हुन् ।

खतिवडा बाहिरिएसँगै हाललाई सञ्चालक समितिले अर्काे व्यवस्था नगरेसम्म नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ ।