January 15th, 2024

लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा

बैंकिङ खबर/लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा पौष २६, २०८० मा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट  रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]