Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

२०८० पुष २९ गते

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित भएको छ ।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।