Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२औं वार्षिक साधारण सभा सम्पन्न

२०८० पुष २९ गते

बैंकिङ खबर/ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सम्पन्न साधारण सभामा फाइनान्स संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिबेदनलाई छलफल गरी पारित गरिएको थियो ।

हाल फाइनान्सको २०८० पुस २७ गते सम्ममा कुल निक्षेप ८ अर्व १८ करोड र कुल कर्जा लगानी ६ अर्व रहेको बताइएको छ । राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरु माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न सम्भावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन ।