Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

२०८० पुष २७ गते

बैंकिङ खबर/ एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको पुस २६ गते सम्पन्न २८ औँ साधारणसभाबाट गोयललाई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै सभाले गोयलसहित अन्य चार जना सञ्चालक चयन गरेको छ ।

अध्यक्ष चयन भएसँगै गोयलले सोहि दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।

गोयलसँग बैंक अफ काठमाण्डूको सीईओ रुपमा काम गरेको अनुभव छ ।

उनीसँगै सञ्चालकहरुमा चयन हुनेमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी रहेका छन् ।