December 6th, 2023

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

बैंकिङ खबर/ बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउँदै आएको नबिल बैंकले मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक आफैँले ‘किओक्स’मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारी कार्यालय समय बाहेकमा पनि बिनाझन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वतःस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्णरूपमा लाभ लिनेमा बैंक विश्वस्त रहेको बताइएको छ ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर चार गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगंज, पोखरा र बुटवल शाखामा यो सुविधा छ । नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]