Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार

२०८० मंसिर १९ गते

बैंकिङ खबर/झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।

ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौलासहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबीच छलफल भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ ।