Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको Exam Bank,India सँग आयात निर्यात व्यापार सम्बन्धी सम्झौता

२०८० मंसिर १९ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले इक्जाम बैंक इण्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु Trade Assistance Program (TAP) अन्तर्गत सम्झौता भएको छ ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरू बीचमा भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, ‘हामी इक्जाम बैंक इण्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी इक्जाम बैंक इण्डिया सँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’