Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको ६५ औं शाखारहित बैंकिङ्ग सेवा डोटीको गैरामा

२०८० मंसिर १८ गते

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले बुडर शाखा अन्तर्गत शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । डोटी जिल्ला जोरायल गाँउपालिकाको गैरा बजार मा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । स्थानिय प्रतिनिधि प्रशान्त ईलेक्ट्रोनिक्स तथा मोबाईल रिपेयरिङ्ग सेन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गरिने छ ।

शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामिण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने, बित्तिय पहुँच बिस्तार र डिजिटल बैंकिङलाई प्रवद्र्घन गरिने बैंकले जनाएको छ । कुमारी बैंकले देशैभरी ३१० शाखा, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ४९ वटा बिस्तारित काउन्टरमार्फत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिइरहेको छ ।