Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुरु भयो वित्तीय जागरण राष्ट्रिय अभियान, गभर्नरले गरे उद्घाटन

२०७३ कार्तिक २६ गते

financial-literacyवित्तीय जागरण राष्ट्रिय अभियान शुक्रबारदेखि सुरु भएको छ । गभर्नर डा. चिरंजीबि नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा बुद्धको जन्मस्थल लुम्बिनीबाट उक्त अभियानको थालनी गरिएको हो । 

रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा उद्घाटन गरिएको कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष अनिल केशरी शाह, विकास बैंकर्स संघका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवति प्रसाद नेपाल, अष्ट्रिच नेपालका अध्यक्ष सिपी शर्मा लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भण्डै ५ हजार जना सर्वसाधारण उक्त कार्यक्रममा सहभागी भएको आयोजक पक्षले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर डा चिरंजीबि नेपालले यो कार्यक्रमबाट वित्तीय जानकारी लिई बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्न कार्यक्रममा सहभागी सर्वसाधारणलाई आह्वान गरे । उनले वित्तीय साक्षरता राष्ट्र बैंकको पनि काम भएकाले यस्तो काम गरेकोमा मिडिया इन्टरनेशनललाई बधाई समेत दिए । 

अन्य वक्ताहरुले मिडिया इन्टरनेशनलले गरेको यो कार्यक्रम धेरै नै महत्वपूर्ण भएको बताए । यस्ता कार्यक्रमले वित्तीय साक्षरता बढाउन ठुलो योगदान पुर्याउने उनीहरुको जोड थियो ।