प्रहरीद्धारा पक्राउ एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको कान्तिपथस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने दुई टर्कीस नागरिकलाई विहीबार सार्वजनिक गरेको हो । एटिएम कार्डबाट चोरीमा संलगन टर्कीस नागरिक मुजाररिम उजुन र सेलाहातिन उवरको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६ सय ६० अमेरिकन डलर र एक सय १३ वटा एटिएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपालस्थित नेपाली तथा विदेशी बैंकका एटीएममा स्किमिङ डिभाइस र हिडने क्यामेरा प्रणालीको प्रयोग गरी त्यतिका परिणामको रकम चोरेको प्रहरीले जनाएको छ । पक्राउ परेका टर्किस अभियुक्तहरुसँग यसअघि ब्यूरोले नै पक्राउ गरी अनुसन्धानमा रहेका बुल्गेरियन र रोमानियन नागरिकबीच सम्बन्ध रहे नरहेको पनि अनुसन्धान भइरहेको व्युरोले उल्लेख गरेको छ । उनीहरु मे २६ देखि नोभेम्बर ७ सम्म पटक पटक पर्यटक भिषामा नेपाल आएर एटीएमबाट रकम चोरीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।