Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुनः सवा ४ अर्बको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

admin २०७३ कार्तिक १९ गते
सेयर:

nepal rastra bank 1नेपाल राष्ट्र बैंकले सवा चार अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारका लागि आन्तरिक ऋण जुटाउन राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले चार अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल सोमबार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा बिक्रि गरिने बताइएको छ । ९१ दिने अवधिको तीन अर्ब ८५ करोड रुपैयाँको र ३६४ दिने अवधिको ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरिने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी सिबल खरिद गर्नका लागि अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ । 

९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २५ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ कात्तिक २१ गते परिपक्व हुनेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।