March 24th, 2023

देशभरमा इन्टरनेटको पहुँच ३७.८ प्रतिशत

बैंकिङ खबर/ नेपालमा इन्टरनेटको सुविधा उपलब्ध हुने प्रदेशहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार देशभरमा इन्टरनेट सुविधा ३७.८ प्रतिशत रहेको छ । यसमध्येबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ५५.२ प्रतिशत रहेको छ ।

त्यस्तै, कोशी प्रदेशमा ३८.१, मधेश प्रदेशमा २१.४, गण्डकी प्रदेशमा ४७.९, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा २०.३ र सुदुरपश्चिम प्रदेशमा २५.२ प्रतिशत इन्टरनेटको पहुँच रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]