Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

बैंकिङ प्रणालीबाट ५० करोड तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

२०७३ कार्तिक ९ गते

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार रिभर्स रिपो जारी गरेर तरलता प्रशोचन गर्न लागेको हो । दिउसो ३ बजे बोलकबोलमार्फत जारी गर्ने उक्त रिभर्स रिपोका लागि क, ख र ग वर्गका बैंकहरुले अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल गर्न सक्नेछन् । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी कात्तिक १७ गते परिपक्व हुनेछ ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता खासै सञ्चित हुन सकेको छैन । त्यसैले, राष्ट्र बैंकले तरलता प्रशोचनको मात्रालाई पनि कम गरेको छ । बैंकहरुको नियामक निकाय राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलतालाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । यसै कारण, उसले बैंकमा तरलता बढी हुँदा खिच्ने र कम हुँदा पठाउने काम गर्छ ।

ripo