Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एभरेष्ट बैंकको सीईओमा सोमेश्वर सेठ

२०७३ कार्तिक ७ गते

someshwor-sethएभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई सीईओमा नियुक्त गरेको छ । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले कात्तिक १६ गतेबाट लागू हुने गरी सेठलाई सीईओमा नियुक्त गरेको छ हो । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ । एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । 

नेशनल बैंकिङ इन्ष्टिच्युटका सदस्य रहेका आहलुवालिया औपचारिक रुपमा बैंकबाट विदा भइसकेका छन् । अहिले उनी विदामा छन् । उनी एभरेष्टमा २०१३ को जुलाइ १ बाट प्रमुख कार्यकारी अधिकृत थिए ।