Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रियल फेसमा शिवराज श्रेष्ठ : २६ बर्षपछि डेपुटी गभर्नर  

admin २०७२ फाल्गुन २२ गते
सेयर:

DSCN9950हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका शिवराज श्रेष्ठ २०४६ सालबाट सहायक निर्देशकका रुपमा राष्ट्र बैंक छिरेका हुन् । २०५३ मा उपनिर्देशक, २०५५ मा निर्देशक र २०६९ सालमा कार्यकारी निर्देशक भएर काम गरिसकेका उनले एमबीए, अर्थशास्त्रमा स्नातकोत्तर, नेशनल इन्स्च्यिुट अफ बैकिङ भारतबाट एमबीए र स्कुल अफ फाइनान्स एन्ड म्यानेजमेन्ट लण्डनबाट एमबीए गरेका छन् । 

काठमाडौंको नयाँ बजारमा २०२४ सालमा सामान्य परिवारमा जन्मिएका शिवराज श्रेष्ठले शान्ति विद्या गृह लैनचौरबाट एसएलसी र प्लस टु उतिर्ण  गरेका थिए । काठमाडौंको पिपुल्स कलेजबाट स्नातक तहकोे पढाई उतिर्ण गरेका उनले पब्लिक युथ क्याम्पसबाट प्रथम श्रेण्ीमा स्नातक तहसम्मको अध्ययन पूरा गरे । यसबाहेक उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा एमए पनि गरेका छन् । उनी नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नु भन्दा अघि खरीदार र सुब्बाको रुपमा महालेखा परिक्षकको विशिष्ट पदमा बसेर पनि काम गरेका थिए । यसबाहेक उनले कर्मचारी सञ्चय कोषमा सहायक प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । उनी २०४६ सालदेखि राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।  उनले सानैदेखि नै पढाईलाई सबैभन्दा बढी महत्व दिन्थे भने यसको अलवा खेलखुदमा पनि उत्तिकै रुची राख्दथे । सरकारी सेवामा रहिरहँदा उनले ३ बर्षमा अध्ययन बिदा लिएर बेलायतको ‘स्कूल अफ म्यानेजमेन्ट’ बाट  अध्ययन गर्ने मौका पाए । उनले राष्ट्र बैंकका सेवा सुरु गरेको २६ बर्ष पूरा भएको छ । राष्ट्र बैंकमा सरकारको प्रतिनिधिको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न आएका उनी राष्ट्र बैंकले झेल्दै आएका समस्या समाधान गर्न अग्रसर भएर लाग्ने बताउँछन्  ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।