२०७३ आश्विन ३० गते

मर्ज भए सिभिल र आईएलएफसीओ : सोमबारदेखि एकीकृत कारोबार 

civil bankसिभिल बैंक लि.र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेड (आईएलएफसीओ) को एकीकृत कारोबार सोमबारदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि पाएको अन्तिम स्वीकृतीपश्चात् सोमबारदेखि सिभिल बैंकको नामबाट यी दुई संस्थाले एकीकृत कारोबारको सुरुवात गर्न लागेका हुन् । नामसँगै बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । 

युनिक फाईनान्स र रु २२ करोड चुक्ता पुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको हालको चुक्तापुँजी २३ करोड चुक्तापुँजी रहेको छ । उक्त खरिद प्रक्रिया पूरा भएपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताए । 

यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका सीईओ महर्जनले बताए । त्(द्दद्ध नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ ।