२०७३ आश्विन १९ गते

६० करोडको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

nrb 1 (1)विहिबार राष्ट्र बैंकले ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्दैछ । राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउनका लागि विभिन्न अवधिका ट्रेजरी बिल विक्रि गर्ने गरेको छ । ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका ट्रेजरी बिलहरु राष्ट्र बैंकले विक्रि गर्ने गरेको छ । विहिबार विक्रि गर्न लागिएको ट्रेजरी बिल ९१ दिने अवधिको हो । आगामी पुस २६ गते उक्त ट्रेजरी बिलको सावाँ व्याज फिर्ता हुनेछ ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलको कारोबार क्रमशः घटाउँदै लगेको छ । ट्रेजरी बिल खरिद गर्नेको संख्या घट्दै गएपछि राष्ट्र बैंकले यसको कारोबार क्रमशः कम गर्दै जाने बताएको थियो । ट्रेजरी बिल छोटो अवधिका लागि आन्तरिक ऋण उठाउने उपकरण हो । छोटो अवधिको ट्रेजरी बिलका आकर्षण घटेपछि राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरु जारी गर्नतर्फ जोड दिने योजना बनाएको छ ।