Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एटीएमले सहज बनाउँदैछ दशैँ सपिङ (फोटोफिचर)

admin २०७३ आश्विन १९ गते
सेयर:

नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । वि.सं. २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । तर, छोटै अवधिमा पनि एटीएमले कमाएको लोकप्रियता भने चर्चायोग्य छ । एटीएम भएपछि न साथमा पैसाको बिटो बोकेर हिड्नुपर्ने झन्झट नै भयो न त लुटिने डर । नजिकको एटीएम काउन्टरमा गयो, चाहिएजति पैसा निकाल्यो । त्यसैले पनि एटीएम प्रयोगकर्ताहरु नेपालमा बढिरहेका छन् । बैंकहरुले पनि उपभोक्ताको सहजताका लागि एटीएम काउन्टरहरु थप विस्तार गर्न जोड दिएका छन् । गत आर्थिक वर्षमा मात्रै नेपालमा ३५ हजार एटीएम प्रयोगकर्ता थपिएको तथ्यांक छ । गत आर्थिक वर्षको अन्त्यसम्मको तथ्यांक हेर्दा नेपालमा १८ सय ५९ वटा एटीएम काउन्टर छन् । हुन त, एटीएमभन्दा पछाडि थुप्रै बैंकिङ प्रविधिहरु आए । तर, पनि एटीएमको लोकप्रियता घटेको छैन ।

अहिले नेपालीहरुको महान् चाड दशैँ सुरु भएको छ । दशैँ सुृरु भएसँगै, दशैँ खर्चका लागि पैसा निकाल्न एटीएम काउन्टरहरुमा भीड देखिन थालेको छ ।

dscn1380 dscn1382 dscn1387 dscn1389 dscn1392 dscn1396 dscn1404 dscn1480 dscn1496   

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।